गठबन्धनका उम्मेदवार जिताउन काँग्रेसमा ५११ जनाको चुनाव प्रचार समिति गठन
पाेखरा | कात्तिक २०, २०७९
पोखरा । नेपाली काग्रेस पोखरा महानगर पालिका वडा नं–६ बैदामले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै वडादेखि टोल तहसम्म प्रचार प्रसारका लागि २० वटा उपसमिति गठन गरेको छ ।
पार्टीको प्रचार प्रसार समितिको शनिबार बसेको पहिलो बैठकले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सो समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी गराउन आयोजना गरिएको भेटघाट कार्यक्रममा उपलब्ध गराइएको विवरणमा इकाई सभापति सन्तोष पौडेलको संयोजकत्वमा ५ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ ।
बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन वडामा रहेका सम्पूर्ण भातृ तथा सुभेच्छुक संस्थाले पनि आफ्ना सबै तहका संरचनामा प्रचार प्रसार समिति गठन गर्ने निर्णय समेत गरेको सभापति पौडेलले जानकारी दिनुभयो।
त्यसैगरी उपसमितिको संयोजकत्वहरुमा बलराम गिरी निर्वाचन समन्वय एवं परिचालन समिति,तेज नारायण पराजुली अनुशासन समन्वय एवं परिचालन समिति, लक्ष्मण पहारी अनुगमन तथा सुपरिवेक्षक समन्वय एवं परिचालन समिति, तारानाथ पहारी पर्यटन समन्वय एवं परिचालन समिति, गणेश पहारी मिडिया समन्वय एवं परिचालन समिति, मन्धरा ढकाल महिला समन्वय एवं परिचालन समिति, सविना तिमिल्सीना सामाजिक सञ्जाल प्रचार प्रसार समन्वय एवं परिचालन समिति संयोजक रहनुभएको छ ।
यसैगरी अनिल पहारी युवा समन्वय एवं परिचालन समिति ,हरिश्चन्द्र पहारी, आर्थिक समन्वय एवं परिचालन समिति, निराजन श्रेष्ठ जनजाति समन्वय एवं परिचालन समिति, बिर बहादुर सुनार दलित समन्वय एवं परिचालन समिति, नेत्रपाणी न्यौपाने जेष्ठ नागरिक समन्वय एवं परिचालन समिति, राम बहादुर लामिछाने खेलकुद तथा खेलाडी समन्वय एवं परिचालन समिति, ई. सन्तोष जि.सी संघ संस्था एव डा.ई. समन्वय एवं परिचालन समितिमा हुनुहुन्छ ।
बैठकले रेनु थापा मगर महिला पर्यटन समन्वय एवं परिचालन समिति, प्रभा सुवेदी उद्योग वाणिज्य संघ समन्वय एवं परिचालन समिति, विष्णु पहारी नेपाल विद्यार्थी संघ समन्वय एवं परिचालन समिति, महेन्द्र पहारी नेपाल तरुण दल समन्वय एवं परिचालन समिति, प्रकाश न्यौपाने संगठन तथा सचिवालय समन्वय एवं परिचालन समिति, चेत नारायण पाण्डे स्वास्थ्य तथा आकस्मिक सेवा समन्वय एवं परिचालन समिति र रविन्द्र कुँवर घरदैलो तथा कोण सभा समन्वय तथा परिचालन समितिमा रहनुभयो । पार्टीको निर्देशन अन्तरगत निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको इकाई सचिब प्रकास न्यौपाने जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

